पपुवा न्युगिनीमाथि नेपालको सानदार जित

  २०७८ चैत ८ गते १७:५९     विकासन्युज

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीमाथि ७ विकेट जित हात पारेको छ ।

१७४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा शीर्षक्रमका ब्याट्सम्यान आरिफ शेख १०२ बलमा ४ चौकासहित सर्वाधिक ५९ रनमा अविजित रहे । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल ४८ बलमा ४ चौकासहित ४४ रनमा अविजित रहे ।

ओपनर कुशल भुर्तेल ६४ बलमा ५० रनमामा स्टम्पिङ आउट भए । कुशलको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो ।

ओपनर आसिफ शेख २ रनमै आउट भए । चौथो ओभरको पहिलो बलमा आसिफलाई कावुआ मोरेआले बोल्ड आउट गरे । त्यसको एक बलपछि दीपेन्द्रसिंह ऐरी चाद सोपरबाट शून्यमा आउट भए ।

पपुवा न्युगिनीका चाल्र्स अमिनीले २ र मोरेवाले १ विकेट लिए । त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । प

यस त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो । युएईसँग ४८ रन र ९९ रनले पराजित भएको थियो । नेपालले अव घरेलु मैदानमा पपुवा न्युगिनीसँग दुई ओडिआई सिरिज खेल्नेछ । जुन शुक्रबार र शनिबार हुनेछ । त्यसपछि नेपाल, पपुवा न्युगिनी र मलेसियाबीच टि२० आई सिरिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.