महिलालाई आत्मनिर्भर बनाउन ढाका बुनाइ सीप

  २०७८ चैत ८ गते १४:४०     विकासन्युज

पाल्पा । रम्भा गाउँपालिका पाल्पामा महिलालाई आत्मनिर्भर बनाउन ढाका बुनाइ तालिम सुरु भएको छ । वडा नं १ हुँगीका महिलालाई लक्षित गरी आयआर्जन बढाउने उद्देश्यले दुई महिने तालिम आयोजना सुरु गरिएको हो ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत ढाका बुनाइ तालिम सुरु भएको वडा सचिव हरिप्रसाद भण्डारीले बताए । यहाँका १५ महिला तालिममा सहभागी छन् । तालिममा सिकेका सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर बनाउन महिलालाई सीपमूलक तालिम उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउछन् ।

सहभागीलाई मेसिन, धागो, प्रशिक्षकलगायत खर्च व्यवस्थापन गाउँपालिकाले उपलब्ध गराएको छ । घरायसी कामधन्दासँगै फुर्सदको समयमा ढाका कपडा बुनेर आर्थिकस्तर उकास्न सकियो भने महिला परनिर्भरता हट्ने महिला सञ्जाल रम्भाका अध्यक्ष कुविजा अर्यालले बताइन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.