जगदम्बा स्टील्सका जस्तापाताको तेस्रो देशमा निर्यात सुरु

  २०७८ चैत ७ गते १७:४५     विकासन्युज

काठमाडाैं । जगदम्बा स्टील्सले तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात सुरु गरेको छ । जगदम्बा स्टील्सले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात सुरु गरेको हाे ।

कम्पनीका अनुसार जगदम्बा स्टील्सका उत्पादनहरु, जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको छ ।

जगदम्बा स्टील्सले केही समय अगाडी मात्रै ‘सीआर सिट एंड कोइल्स’हरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.