माटो जोगाऔं भन्दै वसन्तपुरमा एकैसाथ ३०० जनाद्वारा नृत्य

  २०७८ चैत ६ गते १८:२०     विकासन्युज

काठमाडौं । ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ नामक विश्वव्यापी अभियानलाई समर्थन गर्नको लागि वसन्तपुर दरबार क्षेत्रमा ३०० जनाले सांगीतिक प्रस्तुति दिएका छन् ।

ईशा फाउण्डेशनका संस्थापक सद्‌गुरु जग्गी वासुदेवद्वारा पहल गरिएको ‘सेभ सोइल’ अभियानमा वसन्तपुरमा भेला भएकाहरूले नृत्य र साङ्गीतिक प्रस्तुति दिएक हुन् ।

आफूलाई भू-मित्र भन्न रुचाउने समर्थकहरू, शनिबार साँझ वसन्तपुरमा नेपालको झण्डा बोकेर माटो जोगाऔँ, अहिल्यै केही गरौँ, आउनुहोस्, यसलाई साकार पारौंजस्ता नारासहितका प्लेकार्डहरू बोकी कार्यक्रममा सहभागी थिए ।

साथै, उनीहरू सबैले ‘सोइल सङ’ अर्थात् माटोको लागि रचिएको गीतमा सँगै नृत्य गरेका थिए । सो गीत र नृत्य, माटो जोगाऔँ अभियानको लागि रचिएको हो । भू-मित्रका स्वयंसेवकहरू अर्जुन कार्की र पार्थ लामिछानेको साङ्गीतिक प्रस्तुति दिएका थिए ।

माटो जोगाऔँ अभियान सद्‌गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो, जसले माटोको विनाशबारे सम्बोधन गरी माटोको स्वास्थ्यलाई पहिल्यैको अवस्थामा फर्काउनको लागि विश्वभरिका मानिसहरूलाई एकजुट हुन आह्वान गरेको छ । यो अभियानको उद्देश्य खेतीयोग्य माटोमा जैविक पदार्थ बढाउनको लागि सबै राष्ट्रका नेतृत्वकर्तालाई राष्ट्रिय नीतिहरू बनाउनु पनि हो ।

यस अभियानअन्तर्गत, माटो विनाश हुनबाट जोगाउन तत्काल नीतिगत पहलहरूका लागि जनचेतना जगाउन र राजनीतिक सहमति निर्माण गर्न, सद्‌गुरुले बेलायत, युरोप, एशिया र मध्यपूर्व गरी २७ राष्ट्रहरूमा ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गर्ने कार्यक्रम छ । उक्त १०० दिवसीय यात्रा २१ मार्चमा लण्डनबाट सुरु भई दक्षिणी भारतमा समापन हुनेछ ।

यस अभियानको मुख्य उद्देश्य ३.५ अर्ब मानिसहरूको समर्थन जुटाउने र सरकारहरूलाई पर्यावरणको लागि दीर्घकालीन नीतिहरूमा लगानी गर्न विश्वास दिलाउनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.