नेपालमा बढ्दै भारतीय ब्राण्ड प्रि-स्कुल चेन किडजी, ल्यायो थप दुई सेवा

  २०७८ चैत ४ गते १८:३९     विकासन्युज

काठमाडाैं । प्रि स्कुल चेन किडजीले  दुई नयाँ सेवाहरु सञ्चालनमा ल्याएको छ । भारतीय सहरमा ७५० भन्दा बढी तथा नेपालका चार सहरहरूमा दुई हजारभन्दा बढी केन्द्र रहेकाे किडजी प्रि स्कुल हाे ।

किडजीले लर्न विथ किडजी र लर्निङ फेरिस सेवा संचालनमा ल्याएकाे हाे । लर्नविथ किडजी घर मै बसेर आफ्नो बच्चालाई सिकाउन चाहने आमा बुवाहरुको लागि बनाइएको किट हो । यो ६ वटा बाकसहरूको सेट होः १ वर्ष ६ महिनादेखि २ वर्ष ६ महिनासम्मका बालबालिकाका लागि ३ वटा बक्सहरू र २ वर्ष ६ महिनादेखि ४ वर्ष सम्मका बालबालिकाका लागि ३ वटा बक्सहरू हुन्छन र सबै बाकसहरूमा प्रारम्भिक बाल हेरचाह विशेषज्ञहरूद्वारा प्रगतिशील रूपमा योजना गरिएका गतिविधिहरू छन् ।

यी गतिविधिहरूको योजना यस उमेरमा विकास गर्न आवश्यक पर्ने कौशलतामा केन्द्रित हुन्छ । सबै बाकसहरू साक्षरता, संख्यात्मकता, अवधारणा, रचनात्मक सीपहरूमा केन्द्रित रहेकाे किडजीले जानकारी दिएकाे छ । कार्यक्रममा आमाबाबुका लागि निर्देशनात्मक भिडियोहरू, र बच्चाहरूको लागि राइम भिडियोहरू पनि समावेश छन् ।

किडजी एमेडेमिक गाइडबाट आउने कलहरू लर्नविथ किडजी कार्यक्रमको एक हिस्सा हुन् । यी गाइडहरूले आमाबाबुलाई मद्दत गर्छन् र तिनिहरूका सबै प्रश्नहरूको जवाफ दिन्छन ।

यस्तै लर्निङ्ग फेरिस एउटा अनलाइन भिडियो–आधारित कार्यक्रम हो जसले बालबालिका लाई घरमा नै आरामले बसि बसि सिक्न मद्धत गर्छ । यी मनमोहक र आकर्षक भिडियोहरूको सेट हुन् जसले मूल पाठ्यक्रमका साथै सह–पाठ्यक्रमका विषयहरूलाई समेट्छ । किडजी मुख्यालयका स्टार शिक्षकहरूले हरेक हप्ता रमाइलो सत्र प्रदान गर्छन् ।

किडजीले सन् २०१५ बाट नेपालमा आफ्नो सञ्चालन सुरु गरेको थियो । हाल किडजी काठमाडौंको मैतीदेवी, कलंकी, बौद्ध, बानेश्वर, सानेपा, सातदोबाटो र काठमाडौं बाहिर विराटनगर, धरान र चितवनमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.