व्याजदर एकल अंकमा ल्याउनु पर्ने मोरङ व्यापार संघको माग, सीडीओमार्फत सरकारलाई ज्ञापनपत्र

  २०७८ चैत १ गते ११:१७     विकासन्युज

काठमाडौं । व्यापार संघले मो मोरङ्ग सुनसरीले कर्जाको व्याजदर एकल अंकमा ल्याउनु पर्ने माग गरेका छन् । सोमबार संघका अध्यक्ष नवीन रिजालको अध्यक्षतामा मोरङ सुनसरी औद्योगिक करिडोरका उद्योगी व्यवसायी सहित जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार तिम्सीनाले सो ज्ञापन पत्र बुझेका हुन् । औद्योगिक करीडोरका उद्योगी व्यवसायीहरुले हाल मुलुकको तरलताको अभावलाई न्यूनीकरण गर्न बैंकको चर्को ब्याज बृद्धिलाई रोक्न संस्थागत निक्षेपको ब्याज दर ६ प्रतिशत कायम गर्नु पर्ने माग गरेका हुन् ।

सरकारले अहिलेसम्म पूँजीगत खर्च नगरेको भन्दै उनीहरुले पुँजीगत खर्च बढाउनु पर्ने धारणा पनि राखेका छन् । ‘२० देखि ३० प्रतिशतसम्म मात्र खर्च हुनु सरकारको निरिहपन हो, कूल निक्षेपको १८ अर्ब जति संस्थागत निक्षेप छ, बैंकको ब्याज बृद्धि भई ११ प्रतिशत कायम हुनुले यस्ता किसिमका अनुत्पादक क्षेत्रमा गरिएको लगानीले अझभयावह स्थिति ल्याउन मद्दत पु¥याउन सक्छ, तसर्थ यसलाई अधिकतम ६ प्रतिशतमा ल्याई ऋणको ब्याजलाई एकल विन्दुमा ल्याउन माग गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले आफ्नो माग पुरा नभए मोरङ सुनसरी करिडोरका उद्योगी व्यवसायीहरुले राज्यकोनीति विरुद्ध सडकमा आउनु पर्ने बाध्यता हुने बताए । सरकारले समयमा नै अहिलेको अवस्थाप्रति गम्भीर हुन जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ ।

छिमेकी देश भारतमा दुई वर्ष अगाडी १४ प्रतिशतको ब्याज ७ प्रतिशत कायम भएको तर नेपालमा भने ७ वाट १४ प्रतिशत पुग्ने अवस्था आएको उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.