द ब्रिटिस मोडल कलेजका चार जना विद्यार्थी ‘उत्कृष्ट क्याम्ब्रिज लर्नर्स’ अवार्डबाट सम्मानित

  २०७८ फागुन ३० गते १९:०४     विकासन्युज

काठमाडौं । द ब्रिटिस कलेजको भगिनी स्कुल द ब्रिटिस मोडल कलेजका चार जना विद्यार्थी ए लेभलमा अध्ययनरत विद्यार्थीहरु उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित भएका छन् ।

मार्च २०२१ सिएआइई परीक्षाको सेरिजमा चार जना विद्यार्थीहरुले टप गर्न सफल भएका हुन् । क्याम्ब्रिज अवार्डबाट सम्मानित हुनेमा राज थापा (एएस लेभल केमिस्ट्री), सुदीप अग्रहरी (एएस लेभल इकोनोमिक्स), अस्मिता लामा (एएस लेभल बिजनेश) र दिप्ती भट्टराई (एएस लेभल एकाउन्टिङ) रहेका छन् ।

कलेजकाे ए लेभल्सका प्रमुख राजन कुमार राईले विद्यार्थीहरुले प्राप्त गरेको यो अविश्वसनिय सफलताप्रति ब्रिटिश मोडेल कलेजलाई धेरै गर्व भएको बताए ।

द ब्रिटिस मोडल कलेज उत्कृष्ट क्याम्ब्रिज लर्नर अवार्ड २०१८ बाट सम्मानित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.