निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह

  २०७८ फागुन ३० गते ७:३०     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवी सिंह निर्वाचित भएका छन् । आइतबार राती सम्पन्न भएको मतगणनामा अध्यक्षका दुई प्रत्यासीलाई पराजित गर्दै अध्यक्षमा सिंह निर्वाचित भएका हुन् ।

कुल खसेको ११८५ मतमध्ये सिंहले ७६५ मत ल्याएका थिए भने उनका प्रत्यासी निकोलस पाण्डेले ३३७ र हुमनाथ कोइरालाले ३२ मत ल्याएका थिए ।

आइतबार सम्पन्न निर्वाचन अनुसार बरिष्ठ उपाध्यक्षमा आङ्दोर्जी लामा, एसोसिएट उपाध्यक्षमा रमजि पन्थ निर्वाचित भएका हुन् ।
यस्तैगरी, प्रदेश १ को उपाध्यक्षमा मोहन प्रसाद अधिकारी, मधेस प्रदेशमा शम्भु ठाकुर, बागमती प्रदेशमा बालकृष्ण थापा, लुम्बिनी प्रदेशमा टोप बहादुर रायमाझी, कर्णाली प्रदेशमा रत्न ब खड्का, सुदुरपस्चिम प्रदेशमा प्रकाश सेठि निर्वाचित भएका छन् ।

महासचिबमा पुनः रोशन दाहाल, उपमहासचिव नितीगत तर्फ शिबहरी घिमिरे, आन्तरिक तर्फ नरहरी थपलिया, कोषाध्यक्षमा हिरण कुमार श्रेष्ठ र सह कोषाध्यक्षमा सन्तोषा शाह निर्वाचित भएका हुन् ।

महासंघको ५९ सदस्यीय कार्यसमितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएटसहित आठ उपाध्यक्ष, महासचिव १ उपमहासचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित ४६ पदमा निर्वाचन भएको महासंघले जनाएको छ । अधिवेशनले तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.