आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस

  २०७८ फागुन २६ गते १०:४०     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रायलले कार्यकारी निर्देशकका लागि आवेदन परेका १७ जनाबाट तीन जनाको नाम सिफारिस गरेको हो ।

मन्त्रालय अन्तर्गत गठित छनोट तथा सिफारिस समितिले चन्डिकाप्रसाद भट्ट, जीवन प्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिस गरेको हो ।

१७ जनाबाट पहिलो नम्बरमा नाम सिफारिस भएका भट्ट यसअघि निगमका कार्यकारी निर्देशक भइसकेका व्यक्ति हुन । उनी हाल विशेष आर्थिक क्षेत्र (सेज) का कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् ।

यस्तै, दोस्रो नम्बरमा परेका सिटौला उद्योग विभागका पूर्व महानिर्देशक हुन । यस्तै, थानी सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष हुन् ।

रिक्त कार्यकारी पदका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७८ पुस २५ मा सूचना प्रकाशित गर्दै २१ दिनभित्र आवेदन दिन भनेको थियो । उक्त पदका लागि १७ जनाले आवेदन दिएका थिए । तीमध्ये सबैभन्दा बढी अंक ल्याउने तीन जनाको नाम सिफारिस गरिएको जनाएको छ ।

मन्त्रालयले छनोट गरेका तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी निर्देशकको रुपमा नियुक्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.