इसेवाबाट स्कुलको फि भुक्तानी गर्दा नि:शुल्क इन्टरनेटदेखि अन्य धेरै अफर

  २०७८ फागुन २५ गते १६:१९     विकासन्युज

काठमाडौं । भुक्तानी प्रणाली सेवा प्रदायक इसेवा मार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ ।

इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको नि:शुल्क इन्टरनेट प्राप्त गर्नुको साथै मेरो स्कुलको ३ महिनाको र किड्स् इन्साइडर म्यागेजिनको एक वर्षको नि:शुल्क सब्क्रिब्सन पाउन सकिनेछ । इसेवा मार्फत देशभरबाट ४ हजारभन्दा बढी स्कुलको शुल्क भुक्तानी गर्न सकिन्छ ।

हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवा मार्फत सेवा लिइरहेका छन् ।

हाल इसेवाका देशभर करिब १ लाख ४० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हालसम्म इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब ५० लाख पुगिसकेका छन् । इसेवामा हाल मर्चेन्टको संख्या २ लाख बढि रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.