छायाँ सेन्टरमा मेरो स्कूलको ‘सेल्फी पोइन्ट’

  २०७८ फागुन २५ गते १२:३१     विकासन्युज

काठमाडाैं । काठमाडौँको ठमेलस्थित छायाँ सेन्टरमा मेरो स्कूलको ‘सेल्फी पोइन्ट’ स्थापना भएको छ । अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा एक कार्यक्रमका बीच सो पोइन्ट स्थापना गरिएको हो ।

सो सेल्फी पोइन्टको उद्घाटन अभिनेत्री ऋचा शर्माले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै अभिनेत्री शर्माले आजको समयमा मेरो स्कूल जस्तो डिजिटल इ– लर्निङ्ग प्लाटफर्मको धेरै महत्व रहेको बताइन् ।

साथै, ग्रामीण क्षेत्रहरुमा पनि इन्टरनेटको पहुँच भएकोले मेरो स्कूल एप विद्यार्थीहरुका लागि निकै लाभदायक हुने जानकारी दिइन ।

के हो मेरोस्कुल ?

मेरोस्कुल एक डिजिटल इ–लर्निङ्ग प्लाटफर्म हो जहाँ प्रयोगकर्ताले नेपाल सरकारको पाठ्यक्रममा आधारित २० हजारभन्दा धेरै भिडियोहरु प्राप्त गर्न सक्नेछन् । यसका साथै यहाँ पुराना प्रश्नपत्रहरु हल गरिएका भिडियोहरु पनि हेर्न सक्नेछन् ।

यसका भिडियोहरु सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको छ । यी भिडियोहरु दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सरल भाषामा तयार पारिएका हुन् । शैक्षिक पाठ्यक्रमका अलावा यहाँ डिजाइनिङ कोर्स, ल्याङवेज कोर्स, शेयर तालिम लगायतका कोर्सहरू पनि हेर्न सकिनेछ । यस एपमा प्रयोगकर्ताहरुले १ महिनाको लागि केबल २२ रुपैयाँमा कक्षा एक देखि १२ सम्मका भिडियोहरु हेर्न सक्नेछन् ।

यसको सबैभन्दा राम्रो विशेषता भनेको विद्यार्थीहरुले घरैमा बसी यहाँ भएका भिडियोहरु हेरी पढ्न सक्नेछन् । अफलाइन भ्यूइङ्ग फिचर पनि भएकोले यहाँ भएका शैक्षिक सामाग्रीहरु आफुले चाहेको समयमा चाहेको ठाउँमा बसी सुपथ मूल्यमा हेर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.