डिशहोमले ‘रगतका कथाहरु’ शिर्षकमा सिरिज बनाउने

  २०७८ फागुन २३ गते १८:२९     विकासन्युज

काठमाडौं । डिशहोमले रगतका कथाहरु’ शिर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ । आफ्ना ग्राहकहरुको लागि आफ्नै एक्स्लुसिभ च्यानलहरुमार्फत नयाँ नयाँ मनोरन्जनात्मक कार्यक्रमहरु निर्माण तथा प्रशारण गर्दै आएको डिशहोमले नयाँ सिरिज निर्माण गर्ने भएको हो ।

यो सिरिजको पहिलो सिजनमा १३ श्रृंखलाहरु हुनेछन् र प्रत्येक श्रृंखलामा फरक फरक कथावस्तु समेटिने छन् ।

डिश मिडिया नेटवर्क र दृश्यालय सिनेमा प्रालिको संयुक्त प्रस्तुतिमा बन्न लागेको यस श्रृंखलाको सम्झौतापत्रमा डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्य र लेखकरनिर्देशक किरण विकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सिरिजमा युबिना भट्टराई, सहारा कोइराला, राज कुमार दर्जी, प्रेम अधिकारी जेनिथ, नुतन, अस्मिता खनाल लगायतको अभिनय रहनेछ भने गोपाल आचार्य सह–निर्देशनमा छन् ।
साथै स्क्रिनप्ले सावित्री रसाइली र समानता गौतम रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.