सेयर बजारबारे जानकारी दिन मल्पी इन्टरनेशनल कलेजले सुरु गर्यो बुटक्याम्प

  २०७८ फागुन २२ गते १३:२०     विकासन्युज

काठमाडौं । मल्पी इन्टरनेशनल कलेजको लगानी साक्षरता सम्बन्धि बुटक्याम्प सुरु भएको छ । फागुन २७ गतेसम्म संचालन हुने उक्त बुटक्याम्प कलेजको सेन्टर फर फाइनान्स, बैंकिङ एण्ड इन्स्योरेन्सले आयोजना गरेको हो ।

बुटक्याम्पमा नेपाल स्टक एक्सचेन्जमा लगानी गर्न जान्न आवश्यक पर्ने सबै आधारभूत कुराहरु सिकाइने कलेजले जानकारी दिएको छ ।

लगानी साक्षरता बुटक्याम्पको अवधिभरि एनआइबिएल एस क्यापिटल लिमिटेड, अनलाइन सेक्युरिटिज, एसएमटीएम क्यापिटलका विशेषज्ञका साथै लगानीकर्ता दिलिप कुमार मुन्नाकर्मी पनि हुने बताइएको छ ।

लगानी साक्षरता बुटक्याम्प सबैका लागि निस्शुल्क रहेको र बुटक्याम्पको सम्पूर्ण सत्र पूरा गरेपछि उपस्थित हुने सबैलाई प्रमाणपत्र वितरण गरिने कलेजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.