डीएभी स्कुलमा स्व. लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

  २०७८ फागुन २२ गते १२:२८     विकासन्युज

काठमाडौं । डीएभी शुशील केडिया विश्व भारती विद्यालयमा स्व. लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली साङ्गीतिक क्षेत्रमा प्रतिष्ठित व्यक्तित्व र विद्यालयका विद्यार्थी र अभिभावकको उपस्थितिबीच मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा लता मङ्गेश्करको वृत्तचित्र प्रर्दशन गरिएको थियो । कार्यक्रममा गायिका मनिला सोताङ्ग र बबिता मानन्धरको उपस्थिती रहेको थियो । दुवै गायिकाले उक्त कार्यक्रममा लता मङ्गेश्करप्रति समर्पित रहि साङ्गितिक प्रस्तुती दिएका थिए ।

सोही अवसरमा विद्यालयका अध्यक्ष अनिल केडियाले लता मङ्गेश्करप्रति समर्पित रहि साङ्गितिक प्रस्तुती दिएका थिए । यस्तै प्राथमिक विद्यालय तहका विद्यार्थीहरुले ब्यालेट नृत्य, निम्न माध्यामिक विद्यालयक तहका विद्यार्थीहरुले नेपाली, हिन्दी फ्युजन नृत्य र माध्यामिक तहका विद्यार्थीहरुले थेमेटिक नृत्य प्रर्दशन गरेक थिए । त्यसैगरी संगीत विभागका प्रमुख जय श्रीवास्तव र अङग्रेजी शिक्षिका शशिल्ता राइले लता मङ्गेश्करले गाएको युगल गीत प्रस्तुत गरेका थिए ।

विद्यालयले स्व. गायिका लत मङ्गेश्करको सम्झनामा हरेक वर्ष सांगीतिक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.