२०७८ फागुन १४ गते १२:०५ विकासन्युज
काठमाडाैं । विभिन्न कामका लागि ल्याइएका महँगा गाडी विग्रेपछि सरकारी कार्यालयका पार्किङमा थुप्रिएका छन् । मर्मत गरेर चलाउन सकिने अवस्थाका गाडि मर्मत नगरि नयाँ गाडी खरिद गर्ने र यसरी खरिद गर्दा कमिसन आउने लोभमा गाडी थन्क्याइन्छन् । सरकारी कार्यालयका परिसरमा मा वर्षौंदेखि सवारी साधन थन्किँदा कार्यालय थोत्रा गाडिका ग्यारेजजस्तै बनेका छन् ।
केही बर्षअघिसम्म सिंहदरवार परिसरमा बग्रेल्तै देखिने केही पुराना गाडी हटाइए पनि सिंहदरवार बाहिरका सरकारी कार्यालयमा पुराना गाडी अझैं देखिन्छन् । पार्किङ र खुला ठाँउमा राखिएका यस्ता गाडी झारपातले ढाकिएका छन् । कार्यालय परिसरको कुनामा थुप्रिएका धुलाम्मे साइकल, मोटरसाइकल र जीप कारले परैबाट जिस्काइरहेका जस्तो देखिन्छ । ती वर्षौंदेखि थन्किएका गाडि मक्किएर, सडेर काम नलाग्ने अवस्थामा पुगेका छन् । तस्वीर: न्युज एजेन्सी नेपाल
पुल्चोकस्थित ठूला करदाता कार्यालय अगाडि राखिएको गाडी ।
सरकारी कार्यालय परिसरमा थन्किएका गाडी ।
सरकारी कार्यालय परिसरमा थन्किएका गाडी ।
बानेश्वरस्थित हेभि इकयुपमेन्ट डिभिजनमा रहेका प्रयोगमा आएका र नआएका गाडी ।
बानेश्वरमा राखिएका ट्रलीबस ।
सिंहदरवारस्थित संस्कृती मन्त्रालय अगाडि ।
सिंहदरवारस्थित संस्कृती मन्त्रालय परिसरमा राखिएको गाडी ।
सरकारी कार्यालय परिसरमा थन्किएका गाडी ।
बानेश्वर यातयात व्यवस्था विभाग परिसरमा राखिएका बस.jpg
पुल्चोकस्थित कृषि विभाग परिसर ।
पुल्चोकस्थित एक सरकारी कार्यालय पछाडि राखिएको पुराना गाडि ।
पुल्चोकस्थित जलश्रोत अनुसन्धान तथा विकाश केन्द्रको परिसर ।
Copyright © 2022 Bikash Media Pvt. Ltd.