सिल्भर माउण्टेन स्कुलले सुरु गर्यो स्नातकमा बिआइसिएको पढाई

  २०७८ फागुन ११ गते १५:५७     विकासन्युज

काठमाडौं । सिल्भर माउन्टेन स्कूलअफ होटल म्यानेजमेन्टले अन्तर्राष्ट्रिय पाककला बिआइसिएमा स्नातक कार्यक्रम सुरु गरेको छ । बेलायतको क्वीन मार्गरेट विश्वविद्यालयसँग सम्बन्धन प्राप्त सो कार्यक्रमलाई शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेकाे छ ।

लामो समयको अनुसन्धान र गृहकार्य पछि सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले नेपाल पहिलो र विशेष कार्यक्रमको कार्यक्रम सुरु गरेको जनाएको छ ।

‘युवाहरूलाई करियर उन्मुख डिग्री हासिल गर्ने मात्र होइन, प्रामाणिक नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने खाली ठाउँ पनि पूरा गर्नकै लागि नया कार्यक्रम ल्याएका हौ,’ सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टका अध्यक्ष समिर थापाले भने ।

होटेल उद्योगमा विशेष खण्डहरूमा आफ्ना विद्यार्थीलाई व्यावसायिक र शैक्षिक रूपमा विकास गर्नु कलेजकाे लक्ष्य रहेको उनी बताउँछन् । यो चार–वर्षे कार्यक्रम विशेष गरी खाद्य उत्पादनमा विशेषज्ञता हासिल गर्न चाहाने विद्यार्थीहरूका लागि डिजाइन गरिएको उनले बताए ।

‘यो पाठ्यक्रम अत्यन्त सफल पाठ्यक्रमहरू मध्ये एक हो । यसले पाक कलाको संसारमा उत्कृष्ट शेफ पाक विशेषज्ञ र उद्यमीहरू उत्पादन गरेको छ । खाना पकाउने पक्षहरूमा विशेषज्ञताको साथसाथै यो डिग्रीले अनुसन्धान, स्थिरता, उद्यमशीलता, नेतृत्व र उत्पादन , प्रमुख आतिथ्यता लगायत कम्पोनेन्ट पनि समावेश गर्दछ,’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.