एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा डा. कट्टेल नियुक्त

  २०७८ फागुन ५ गते ११:३५     विकासन्युज

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. ईन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । फागुन ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कट्टेललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले चैत २९ गतेबाट लागू हुने गरी सीईओमा कट्टेललाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ कट्टेलले चैत २९ गतेदेखि आगामी ४ वर्षसम्म संस्थाको कार्यकारी प्रमुखको कार्यभार सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.