२०७८ माघ २९ गते १३:०३ विकासन्युज
काठमाडौंको बुढानिलकण्ठको चिसेनी हाइट ।
काठमाडौं । काठमाडौं उपत्यकाको काँठ क्षेत्र हेर्दा अहिले भत्किएको मात्र देख्न सकिन्छ । बढ्दो शहरीकरणको मार उपत्यकाको काँठ क्षेत्रलाई परेको छ । काँठ क्षेत्र उपत्यकाको जलाधार क्षेत्र पनि हो ।
यसरी अवैज्ञानिक ढंगले जग्गा प्लटिङ गर्दै जाँदा पानीका मुहानहरु सुक्न थालेका छन् । काँठ क्षेत्रको बस्ती उपत्यकाको इतिहाँस र सभ्यता सँग गाँसिएको छ ।
उपत्यकाको रैथाने वस्ति अनि यसले जोगाएको संस्कृति बिस्तारै जग्गा प्लटिङसँगै खण्डित हुदैछ । सम्पन्न शहरको नाममा काठमाडौं उपत्यकाको कान्ला भित्ता ताछिएका छन् । अनाधिकृत रुपमा, इञ्जिनियरिङ अध्ययन विना भइरहेका यस्ता बस्ती विस्तारले पहिराको जोखिम बढाएको छ ।
तस्वीरः न्यूज एजेन्सी नेपाल
बुढानिलकण्ठ चिसनी हाइट ।
सूर्यविनायक डोकाथली गाँउ ।
भक्तपुरको गुण्डु अनन्तलिंगेश्वरस्थित दरिकोट गाँउ ।
गोदावरीको न्यापाने गाँउ ।
ललितपुरको चापागाँउस्थित टाहाखेल शेरा फाँट ।
ललितपुरको झरुवाराशी फाँट ।
ललितपुरको ढुंगे साँघु ।
ललितपुरको बज्रवाराही जंगल नजिकै ।
ललितपुरको विशंखु नारायण नजिकैको भीर ।
Copyright © 2022 Bikash Media Pvt. Ltd.