हिमालयन जनरलका नवनियुक्त सीईओले आईतबारदेखि कार्यभार सम्हाल्ने

  २०७८ माघ २८ गते १३:०३     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहले आईतबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । गत बुधबार कम्पनीको सीईओ पदमा नियुक्त भएका सीईओ शाहले आगामी आइतबार अर्थात फागुन १ गतेदेखि कार्यभार सम्हाल्न लागेका हुन् ।

गत माघ २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सीईओ सुशील बज्राचार्यलाई बिदाइ गर्दै शाहलाई नयाँ सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार नवनियुक्त सीईओले फागुन १ गतेदेखि कार्यभार सम्हाल्ने बताएको छ । यता सीईओ शाहले पनि आइतबारदेखि कम्पनीमा हाजिर हुने विकासन्युजलाई जानकारी गराएका छन् ।

शाहको नियुक्ति स्वीकृतिको लागि कम्पनीले गत बुधबार नै बीमा समितिमा पत्र समेत पठाइसकेको छ । तर, बीमा समितिले भने हालसम्म स्वीकृति दिइसकेको छैन र स्वीकृति दिने प्रकृयामै रहेको समिति श्रोतले बतायो ।

कम्पनीका तत्कालिन सीईओ बज्राचार्यले डेढ वर्ष अघि नै कम्पनीबाट बाहिरिएका हुन् । २०७६ साउन १ गते ४ वर्षको लागि नियुक्त भएका बज्राचार्य डेढ वर्ष अघि नै इन्स्योरेन्सको उक्त पदबाट बाहिरिएका हुन् । कम्पनीले आपसी सहमतिमा करार संशोधन गरी उनको कार्यकाल यही माघ मसान्तसम्मको लागि कायम गर्ने निर्णय गरेसँगै उनी कम्पनीबाट बिदा भएका हुन् ।

सम्बन्धित सामाग्री: को हुन् सीईओ शाह ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.