कोरोनाले रोकेको भन्सार एजेन्टको परीक्षा फागुन २८ गते हुने

  २०७८ माघ २६ गते १०:४७     विकासन्युज

काठमाडौं । कोरोना भाइरसका कारण पटक/पटक रोकिएको भन्सार एजेन्टको लिखित परीक्षा फागुनमा हुने भएको छ । भन्सार विभागले बुधबार एक सूचना जारी गर्दै फागुन २८ गते भन्सार एजेन्टको परीक्षा तोकेको हो ।

यसअघि दुई पटक सम्म कोभिडका कारण लिखित परीक्षा स्थगित गरिएको थियो । पहिलो पटक गत जेठ २२ गते र दोस्रो पटक गत माघ १९ गते लिखित परीक्षाको मिति तोकिएको थियोे । तर उक्त समयमा कोरोना संक्रमणको उच्च जोखिम भएको भन्दै परीक्षा स्थगित गरिएको थियो ।
पछिल्लो समय पुराना भन्सार एजेन्टको पक्षमा सरकारी निकाय लागेको भन्दै विरोध समेत हुन थालेको थियो ।

विभागले २०७७ को चैत १६ गते ठूलो संख्यामा भन्सार एजेन्टको माग गरेको थियो । २० वर्षदेखि नयाँ भन्सार एजेन्ट थप हुन नसकेको भन्दै एकैपटक ६६० एजेन्टका लागि इजाजत खुला गरिएको थियो ।

दुई दशक यता भन्सार एजेन्ट नियुक्त गर्न नसक्दा हाल एक सय ७० जना एजेन्टमात्रै रहेका छन् । विभागले नयाँ माग गरेको एजेन्टका लागि लोकसेवा आयोगमार्फत लिखित तथा मौखित परीक्षा लिने तयारी गरेको थियो ।

भन्सार एजेन्टले आयात निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.