६ सिनियरलाई पन्छाउँदै अधिकारीलाई क्यानको महानिर्देशक बनायो सरकारले

  २०७८ माघ १९ गते १०:२५     विकासन्युज

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । क्यान अन्तरगतको राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका निर्देशकसमेत रहेका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशकमा नियुक्त गरेको हो ।

रिक्त महानिर्देशक पदमा चारवर्षे कार्यकालका लागि अधिकारी नियुक्त गरिएको हो । चार वर्षे अवधिका लागि महानिर्देशकमा नियुक्त भएसँगै पहिलो पटक क्यानकै इतिहासमा युवाले नेतृत्व गर्न पाएका हुन् । यसअघि १२ औँ तहका उपमहानिर्देशक क्यानको महानिर्देशक हुँदै आएकोमा ११ औं तहका अधिकारी पहिलो पटक महानिर्देशकमा नियुक्त भएका हुन् ।

४२ वर्षका अधिकारी प्राधिकरणमा आठौँ तहबाट आन्तरिक खुला प्रतिस्पर्धाबाट ११ औँ तहमा पुगेका हुन् । उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियर पास गरेका छन् ।

महानिर्देशक बन्न्का लागि क्यानमा १२ औं तहका ६ जना उपमहानिर्देशकले लबिङ गर्दै आएका थिए । जसमा प्रतापबाबु तिवारी, भोला गुरागाईँ, देवचन्द्र लाल कर्ण, हंसराज पाण्डे, गोविन्द दाहाल र प्रेमनाथ ठाकुर प्रतिस्पर्धामा थिए भने निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीले कार्यकाल लम्ब्याउने प्रकृयामा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.