रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा राकेश पोखरेल, सम्हाले कार्यभार

  २०७८ माघ १३ गते १६:२८     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राकेश पोखरेल नियुक्त भएका छन् । बीमा समितिको स्वीकृति पाएसँगै पोखरेलले माघ १३ गतेदेखि इन्स्योरेन्सको सीईओ पदको कार्यभार सम्हालेका छन् ।

पोखरेलले कार्यभार सम्हाल्दै आफुसँग रहेको कार्य अनुभवलाई प्रयोग गरी कम्पनीले नयाँ आयम दिई जिवन बीमा कम्पनीहरु मध्ये अग्रणी भूमिका हासिल गर्न सधैं लागि पर्ने बताए ।

गत पुस १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले पोखरेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई बीमा समितिले स्वीकृति दिएपछि मात्रै पोखरेलले कार्यभार सम्हालेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.