सनराइज बैंकको विस्तारित काउन्टर धनकुटाकाे करदाता सेवा कार्यालयमा

  २०७८ माघ १२ गते १८:०३     विकासन्युज

काठमाडौं । सनराइज बैंकले धनकुटा जिल्लाको करदाता सेवा कार्यालयमा विस्तारित काउन्टर सेवाको सुरुवात गरेको छ । सो विस्तारित काउन्टर सेवा संचालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ ।

सो विस्तारित काउन्टर समुद्घाटन कार्यक्रम सन्राइज बैंकका १ नं. प्रदेश प्रमूख विवेक कुमार निरौला तथा सनराइज बैंक धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारीले गरेका थिए ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा विस्तारित काउण्टर र १५८ वटा ए।टि।एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.