सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता सेयर निष्कासन गर्ने

  २०७८ माघ १२ गते १७:५२     विकासन्युज

काठमाडाैं ।  सर्वाेत्तम सिमेन्टले ६० लाख कित्ता सेयर निष्कासन गर्ने भएकाे छ । कम्पनीकाे तेश्रो वार्षिक साधारणसभाले बुक विल्डिङ्गमार्फत ६० लाख कित्ता सेयर निष्कासन गर्ने पारित गरेकाे हाे ।

सभाले लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गरेकाे छ ।

यस्तै सभाले आ.व.२०७७/२०७८ को लागि संचालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकमा सूभास एण्ड कम्पनी चार्टड एकाउन्टेण्टसलाई नियुक्त गरेकाे छ ।

त्यसैगरी, सभाले धादिङ जिल्ला रोरांग गाँउपालिका स्थित कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन कार्यका लागि १५ कराेड १ लाख मात्रमा खानी खरिद गर्ने संचालक समितिको निर्णयलाई अनुमोदन गर्ने निर्णय समेत गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.