ओमिक्रोनपछि कोभिड महामारी अन्त्य हुन्छ भन्ने समाचारमा कुनै सत्यता छैन: डब्लुएचओ

  २०७८ माघ १२ गते १६:४७     विकासन्युज

काठमाडौं । नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले ओमिक्रोन भाइरसले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका स्वास्थ्य आपतकालिन कार्यक्रमका टोली नेता डा. आलिसन गोकोतानोले उक्त समाचारमा कुनै सत्यता नभएको बताएका हुन् ।

ओमिक्रोनको भाइरसको संक्रमणले अहिले कडा खालको असर नगरेको पाइए पनि यो छिटो फैलने र धेरैलाई संक्रमित गराउने उनले बताए । उनले खोप नलगाएका, खोप लगाएपनि दीर्घ रोग भएका व्यक्तिमा यसले नराम्रो असर गरिरहेको बताए ।

‘भाइरस जति छिटो फैलन्छ र जति धेरै जनामा पुग्छ यो त्यति धेरै आनुवांशिक परिवर्तन हुने र संक्रामक हुने सम्भावना रहेको छ । अहिले नरम देखिएको भाइरस पुनः संक्रामक र घातक हुनसक्ने सम्भावना रहेकोले भाइरस फैलिन नदिने तर्फ सबै सजग हुनुपर्छ,’ उनले भने ।

डा. आलिसान गोकोतानोले खोप लगाएका व्यक्तिमा ओमिक्रोनको संक्रमणको असर पनि कम देखिएकोले सबैलाई खोप लगाउन आग्रह गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.