नेप्से परिसूचक २८०० बिन्दु तल, कारोबार ४ अर्ब ३१ करोडमा खुम्चियो

  २०७८ माघ १२ गते १५:२७     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ३८.४५ अंकले घटेर २७७६.६१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.३७ प्रतिशतले घटी हो ।

बजारमा सेयर कारोबार रकम ४ अर्ब ३१ करोड रुपैयाँमा खुम्चिएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ८ करोड रुपैयाँले घटी हो । मंगलबारको बजारमा ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

कूल कारोबार मध्ये हाइड्रो समूहको उच्च कारोबार भएको छ । सबैभन्दा बढी अपि पावरको १६ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र अपर तामाकोशी हाइड्रोपावरको क्रमशः १३ करोड ५५ लाख र १० करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यी तीन वटै कम्पनीको सेयर मूल्य भने घटेको छ ।

बजार घटेपनि विन लघुवित्त वित्तीय संस्था र बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर मूल्य निरन्तर रुपमा बढिरहेको छ । बुधबार पनि यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता १२१६ र ४६३ रुपैयाँ पुगेको छ ।

पोखरा फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.५९ प्रतिशतले घटेर प्रतिकित्ता ५५६ रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.