करिब १ अर्बको केरा आयात, नेपालीका नाकमा ३३ देशका मास्क

  २०७८ माघ १२ गते १४:११     विकासन्युज

काठमाडौं । कृषि प्रधान देश भनेर नथाक्ने नेपालमा कृषिजन्य वस्तुको आयात बर्सेनि बढ्दो क्रममा देखिएको छ । चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) करिब १ अर्ब रुपैयाँ बराबरको केरा आयात भएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ९० करोड ५२ लाख रुपैयाँभन्दा बढीको केरा आयात भएको छ । भारतबाट ९० करोड ५२ लाख २८ हजार रुपैयाँ बराबरको केरा आयात भएको छ भने इन्डोनेसियाबाट ४० हजार रुपैयाँ बराबरको केरा आयात भएको छ ।

केरा आयातबाट सरकारले राजस्व भने संकलन गरेको छ । भन्सार विभागका अनुसार भारतबाट २ करोड ८० लाख केजी बराबरको केरा आयात भइसकेको छ । यस्तो आयातबाट सरकारले ८ करोड १७ लाख ४७ हजार रुपैयाँ भन्सार राजस्व उठाएको छ ।

नेपालीका नाकमा ३३ देशको मास्क

विश्व महामारीको रुपमा फैलिएको कोभिड संक्रमणबाट जोगिने सबैभन्दा प्रभावकारी माध्यम भनेको नै फेसमास्क हो । स्वास्थ्यसँग सम्बन्धित नेपाली तथा अन्तराष्ट्रिय संघ संस्था र जनस्वास्थ्य विज्ञहरुले फेसमास्क लगाउनु नै कोभिड जस्ता संक्रामक रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो भनिरहेका छन् ।

सरकारले सर्वसाधारणलाई मास्क लगाउन अनुरोध गर्दै आएको पनि छ । मास्क लगाउन अनुरोधसँगै पछिल्लो समय अनिवार्य पनि गरिएको छ । मास्क लगाउन गरिएको व्यवस्थाले नेपालमा मास्कको खपत बढ्दै गएको पनि छ ।

पछिल्लो समय नेपालमै मास्क उत्पादन हुन थालेपनि अझै विभिन्न देशबाट नेपालमा मास्क आयात हुने गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा विभिन्न ३३ मुलुकबाट नेपालमा मास्क आयात भएको छ ।

कुन देशबाट कति आयो ?

भन्सार विभागका अनुसार इजरायलबाट ३२ हजार रुपैयाँ बराबरको फेसमास्क आयात भएको छ । यस्तो आयातबाट सरकारले ८ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ । यस्तै, अष्ट्रेलियाबाट ३१ हजार रुपैयाँ बराबरको मास्क आयात भएको छ भने सरकारले सोबापत ८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको ५ महिनामा जर्मनीबाट २० हजार रुपैयाँ बराबरको मास्क आयात भएको छ भने इस्टोनियाबाट १७ हजार रुपैयाँ बराबरको, मलेसियाबाट ११ हजार बराबरको, कुवेतबाट ५ हजार रुपैयाँ बराबरको र दक्षिण अफ्रिकाबाट ५ हजार रुपैयाँ बराबरको मास्क आयात भएको छ ।

यस्तै, स्पेनबाट ३ हजार रुपैयाँ बराबरको, भियतनामबाट २ हजार रुपैयाँ बराबरको, श्रीलंकाबाट २ हजार रुपैयाँ बराबरको, फिलिपिन्सबाट १ हजार रुपैयाँ बराबरको, अस्ट्रेलियाबाट १ हजार रुपैयाँ बराबरको, इन्डोनेसियाबाट १ हजार रुपैयाँ बराबरको, नामिवियाबाट १ हजार रुपैयाँ बराबरको र इराकबाट १ हजार रुपैयाँ बराबरको मास्क आयात भएको छ ।

भन्सार विभागका अनुसार बेल्जियमबाट १ हजार रुपैयाँ बराबरको, चीनबाट ७० करोड ४१ लाख ९ हजार बराबरको, डेनमार्कबाट १३ करोड ७३ लाख २० हजार रुपैयाँ बराबरको, हंगेरीबाट ४ करोड २० लाख ३९ हजार रुपैयाँ बराबरको, अमेरिकाबाट २ करोड ७५ लाख ६९ हजार रुपैयाँ बराबरको र सिंगापुरबाट १ करोड ७३ लाख १३ हजार रुपैयाँ बराबरको मास्क आयात भएको छ ।

यस्तै, भारतबाट १ करोड १६ लाख ६७ हजार रुपैयाँ बराबरको, बेलायतबाट ५४ लाख ५४ हजार रुपैयाँ बराबरको, कोरियाबाट ५१ लाख २८ हजार रुपैयाँ बराबरको, फ्रान्सबाट १३ लाख ४१ हजार रुपैयाँ बराबरको, थाइल्याण्डबाट ११ लाख ७२ हजार रुपैयाँ बराबरको, स्वीटजरल्याण्डबाट ६ लाख २५ हजार रुपैयाँ बराबरको, बंगलादेशबाट ५ लाख ६८ हजार रुपैयाँ बराबरको र हङकङबाट ५ लाख ३३ हजार बराबरको मास्क आयात भएको छ ।

भन्सारका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ताइबानबाट ३ लाख १० हजार रुपैयाँ बराबरको, जापानबाट १ लाख ४८ हजार रुपैयाँ बराबरको, कतारबाट १ लाख १४ हजार रुपैयाँ बराबरको र युएईबाट ६१ हजार रुपैयाँ बराबरको मास्क आयात भएको छ ।

यस्तै, चीनबाट फेसमास्क बनाउने १९ वटा मेसिन आयात भएको छ । सो मेसिनको मूल्य २ करोड १२ लाख २ हजार रुपैयाँ रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.