धौलागिरी लघुवित्त शेयर निष्काशन गर्दै, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

  २०७८ माघ १२ गते १३:२३     विकासन्युज

काठमाडाैं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ लाख कित्ताशेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ । यसका लागि लघुवित्तले सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ ।

उक्त सम्झाैतामा लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्तक्षर गरेका छने ।

हाल चुक्ता पूँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निष्काशन भए पश्चात् लघुवित्तकाे १० करोड चुक्ता पूँजी कायम हुनेछ ।

२०७५ सालदेखि वित्तीय कारोबार गर्दै आईरहेको धौलागिरी लघुवित्त वित्तीय संस्था २०७८ पुष मसान्त सम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरु मार्फत कुल १९१ जना कर्मचारी परिचालन गरि ३४ हजार ४३८ जन सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

सोही अवधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानी तर्फ १ अर्ब ४४ करोड, निक्षेप संकलन तर्फ ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी ६१ करोड ८० लाख रहेको छ ।

लघुवित्तकाे हाल जगेडा तथा कोषहरु तर्फ कुल १० करोड ३८ लाख रहेको छ । आर्थिक वर्ष २०७७/०७८ को आषाढ मसान्तसम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा २ करोड ६० लाख रहेकोमा पुष मसान्त सम्मा आईपुग्दा उक्त वितरण योग्य मुनाफा ४ करोड ९ लाख पुगेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को मसान्तमा प्रतिशेयर आम्दानी ५०.१२ रुपैयाँभन्दा बढि कायम गरेकोमा पुष मसान्तसम्ममा आईपुग्दा ६१.४५ प्रतिशेयर आम्दानी कमाउन सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.