ब्रिटिस कलेजद्वारा दुई विद्यार्थीलाई ओएचसीटी छात्रवृत्ति प्रदान

  २०७८ माघ १२ गते ११:४८     विकासन्युज

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले शैक्षिक सत्र २०२१/२२ को लागि दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । कलेजले पहिलोपटक विद्यार्थीहरुलाई ओएचसीटी छात्रवृत्ति प्रदान गरेको हो ।

ब्रिटिस कलेजले नेपालभरका अल्पसंख्यक विद्यार्थीहरुलाई मद्दत गर्ने उदेश्यका साथ योग्य स्नातक आवेदकहरुका मध्ये दुईजनालाई लागि यो छात्रवृत्ति प्रदान गरेकाे हो ।

छात्रवृत्ति पाउनेमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए)मा अध्ययनरत सिन्धुपाल्चोकका दावा लामा तामाङ र बीएससी (हन्स) कम्प्युटिङमा अध्ययनरत सिन्धुलीकी रोशना ढकाल रहेकी छिन् । दुवै जना विद्यार्थीहरुले पठन–पाठनको लागि हुने सम्पूर्ण खर्च प्राप्त गर्नेछन् । जसमा सम्पूर्ण चार वर्षको शिक्षण शुल्कहरू, सबै परीक्षा र विश्वविद्यालय रजिष्ट्रेशन दर्ता शुल्क समावेश हुनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.