बोनसपछि एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

  २०७८ माघ १२ गते ८:२६     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन भएसँगै इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १०५७.६० रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १०५७.६० रुपैयाँलाई आधार मानेर शुरु हुने छ । यसअघि अर्थात माघ ११ गते इन्स्योरेन्सको अन्तिम कारोबार प्रतिकित्ता १३२२ रुपैयाँमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.