थप १२ हजार बढीमा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

  २०७८ माघ ११ गते १६:५२     विकासन्युज

काठमाडाैं । पछिल्लाे २४ घण्टामा नेपालमा थप १२ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएकाे छ  । देशभरिक २५ हजार ९०९ जनाको नमुना परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा ३ हजार ४० जना निको भएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.