सुर्खेतमा शिवशिखर बहुउद्देश्यीय सहकारीको एटिएम सेवा सञ्चालन

  २०७८ माघ ११ गते १५:३९     विकासन्युज

काठमाडाैं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० मा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमकावीच वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले एटिएम सेवा सञ्चालनको शुभारम्भ गरे ।

एटिएम सेवा शुभारम्भ गर्दै नगरप्रमुख सुवेदीले सहकारीले सञ्चालन गर्ने यस्ता प्रविधिमैत्री सेवाले नागरिकलाई सर्वसुलभ र सहज सेवा लिन सहयोग पुग्ने बताए ।

भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले मुलुकका विभिन्न २४ स्थानमा आफना सेवा केन्द्र विस्तार गरिसकेको छ ।

सहकारीले मोवाइल एप समेत सञ्चालनमा ल्याइसकेको छ । हाल मोबाइल एपका ४ हजारभन्दा बढि प्रयोगकर्ता रहेको सहकारीले जानकारी दिएको छ ।

यो महिनाभित्र विभिन्न १३ वटा सेवा केन्द्रमा एटिएम सेवा सञ्चालनमा ल्याइने संस्थाले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.