अब किया सोरेन्टो एसयुभी नेपालमा पनि पाइने, मूल्य १ करोड ६९ लाख

  २०७८ माघ ९ गते १८:०१     विकासन्युज

काठमाडौं । कियाले नेपालमा आफ्नै ब्रान्डको पहिलो हाइब्रिड किया सोरेन्टो एसयुभी सार्वजनिक गरेकाे छ । किया सोरेन्टो हाइब्रिड ७–सिट क्षमताको रहेकाे छ ।

१.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाट इलेक्ट्रो म्याग्नेटिक मोटरले १.४९ किलोवाट आवर ब्याट्रीद्वारा सञ्चालित सोरेन्टो कुनै पनि भूभागमा पुग्न सक्ने ठूलो एसयुभी मात्र नभएर सफा र हरियाली भविष्यको लागि एउटा विकल्प रहेकाे कम्पनीले बताएकाे छ ।

यसमा ७ वटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, लेन किपिङ सिस्टम, सराउन्ड भ्यू मोनिटर, लेन फलोइङ असिस्ट र अन्य धेरै सुरक्षा सुविधाहरू रहेकाे छ । यसमा १२.३ इन्चको अल–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेकाे छ ।

मुड ल्याम्प, हेड अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रिक सिटहरू सोरेन्टोलाई विलासी एसयुभीमध्ये एक बनाउने केही विशेषताहरू हुन् ।

सोरेन्टो हाइब्रिड को मूल्य १ करोड ६९ लाख ९० हजार तोकिएको छ । नेपाली बजारमा याे रनवे रेड, ग्रेभिटी ब्लु, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँच फरक कलर भेरियन्टमा यो गाडी उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.