‘मेरो नेतृत्वकाे सरकारले १७७ किलोमटिर सडक कालोपत्रे गर्यो, मेलम्चीको पानी यसै वर्ष काठमाडौं आउँछ’

  २०७८ माघ ७ गते १७:०८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफु नेतृत्वको सरकारले १७७ किलोमिटर सडक कालोपत्रे भएको बताएको छ । उनले आफ्नो ६ महिनाको अवधिमा १७७ किलोमिटर सडक कालोपत्रे भएको बताएका हुन् ।

सरकार बनेको ६ महिना पुगेपछि शुक्रबार देशबासीलाई टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो सरकार बनेपछि भएका कामहरुको विवरण प्रस्तुत गरेका हुन् ।

‘संघको कार्यक्षेत्र अन्तरगत मुलुकभर १७७ किमी सडक कालोपत्रे भएको र २३ सडक पुल निर्माण भइ सञ्चालनमा आएका छन्, ८२ झोलुङ्गे पुल निर्माण भएको र संघीय संसद भवन निर्माण सन्तोषजनक रुपमा भइरहेको छ,’ उनले भने ।

यस्तै, उनले यसै वर्षभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने काम भइरहेको समेत बताए । उनले भैरहवा र पोखरा विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरे । पाँच दलीय सत्तागठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको भन्दा पहिले प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

प्रचण्डको प्रस्तावका सम्बन्धमा उनले कुनै प्रतिक्रिया दिएनन् । तर, एक वर्षभित्र तीन वटै तहको निर्वाचन गर्नुपर्ने उल्लेख गर्दै उनले पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.