सन नेपाल लाइफका बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने

  २०७८ माघ ७ गते १५:०८     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले माघ ७ गते सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर घोषणा गरेको हो ।

उक्त नयाँ बोनसदर अनुसार कम्पनीका बीमितले प्रतिहजार न्युनतम १८ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने भएका छन् । इन्स्योरेन्सले ४ वटा बीमालेखका बीमितलाई प्रतिहजार अधिकतम ७५ रुपैयाँसम्म बोनस वितरण गर्ने निर्णय गरेको छ । जसमा सनलाइफ सावधिक जीवन बीमालेख, भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावधिक), बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावधिक जीवन बीमा र नवीन आजीवन बीमालेख (सावधिक तथा आजीवन) रहेका छन् ।

सबैभन्दा कम धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमाका बीमितले न्यूनतम १८ रुपैयाँ पाउने भएका छन् । उक्त बीमाका बीमितले अधिकतम भने प्रतिहजार ३० रुपैयाँ बोनस पाउने छन् ।

सनलाइफ सावधिक जीवन बीमालेखमा कम्पनीले न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । जसमा ९ वर्षदेखि १४ वर्ष अवधिको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि भने प्रतिहजार ७५ रुपैयाँ बोनस तोकिएको छ ।

भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक)का बीमितलाई इन्स्योरेन्सले न्युनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । जसमा ९ वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँसम्म बोनसदर कायम भएको छ ।

अर्को बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा) मा पनि कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ६० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम गरिएको छ ।

इन्स्योरेन्सले सञ्चालन गरिरहेको नवीन आजीवन जीवन बीमा (सावाधिक तथा आजीवन) का बीमितले पनि न्युनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाउने भएका छन् । इन्स्योरेन्सले १४ वर्ष अवधिको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४३ रुपैयाँ, २० देखि २४ वर्षको लागि ६० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर तोकिएको छ ।

यता सार्थक आजीवन जीवन बीमालेख (अग्रिम भुक्तानी तथा आजीवन) का सबै बीमा अवधि (१५) का बीमितले प्रतिहजार ३८ रुपैयाँ बोनस पाउने छन् ।

त्यस्तै, सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजना समेत) को बीमालेखमा कम्पनीले प्रतिहजार न्यूनतम २० र अधिकतम ३० रुपैयाँ बोनद निर्धारण गरेको छ । जसमा १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि २५ रुपैयाँ र २० वर्ष वा सो भन्दा माथि अवधिको लागि ३० रुपैयाँ बोनसदर रहेको छ ।

इन्स्योरेन्सले धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनाको हकमा न्यूनतम १८ र अधिकतम ३० रुपैयाँ बोनसदर निर्धारण भएको छ । जसमा १ देखि ९ वर्ष अवधिको लागि १८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि २५ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रतिहजार ३० रुपैयाँ बोनसदर तोकिएको छ ।

नियामक निकाय बीमा समितिले कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन स्वीकृत गरेसँगै इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको हो । जुन, समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि कायम हुने इन्स्योरेन्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.