पैसा नभएको बैंकको चेक काट्ने रिजाल पक्राउ, १२ लाख जरिवाना

  २०७८ माघ ७ गते १४:५०     विकासन्युज

काठमाडौं । पैसा नभएको बैंकको चेक काटेर दिने दोलखाका दुर्गा जितेन्द्र बहादुर रिजाल पक्राउ परेका छन् । एनआइसी एशिया बैंकको पैसा नभएको चेक काट्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले काठमाडौंको सुन्ताखानबाट पक्राउ गरेको हो ।

४३ वर्षिय रिजालले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०७६/०९/०७ गते दोषी ठहर गरेको थियो । तर उनी त्यस यता फरार रहँदै आएका थिए ।

उनलाई अदालतले १२ लाख ६५ जरिवाना र २ दिनको जेल सजाए सुनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.