कामु सीईओको कौशलताले सेञ्चुरी बैंकका वित्तीय सूचक उत्साहजनक, ५४.७७ प्रतिशतले बढ्यो नाफा

  २०७८ माघ ७ गते १४:१६     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको नाफा ५४.७७ प्रतिशतले बढेको छ । बैंकले चालु आवको दोस्रो त्रैमासिकमा ७२ करोड २१ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४६ करोड ६५ लाख ९९ हजार रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४५ करोड २६ लाख रुपैयाँ रहेको छ ।

बैंकको सञ्चालन मुनाफा ६९.११ प्रतिशतले बढेर १ अर्ब ७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ६३ करोड ४४ लाख रुपैयाँमा सीमित थियो ।

चालु आवको दोस्रो त्रमासिकमा बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब २९ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब २२ करोड रुपैयाँ रहेको थियो।

यस्तै, बैंकको जगेडा कोष पनि १८.२५ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिसम्म १ अर्ब ३२ करोड रुपैयाँको रहेको जगेडा कोष चालु आवको दोस्रो त्रैमासिकसम्म १ अर्ब ५६ करोड रुपैयाँको पुगेको छ ।

बैंकले चालु आवको दोस्रो त्रैमासिकसम्म कुल ९२ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने कुल ८५ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको सीडी रेसियो ८९.४३ प्रतिशत छ ।

समीक्षा अवधिमा बैंकले खराब कर्जा दर (एनपीएल) घटेर १.३१ प्रतिशत कायम भएको छ । बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १५.१२ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा ईपीएस १०.३३ रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १२१.१९ रुपैयाँ छ ।

हाल सेञ्चुरी कमर्सियल बैंकमा कायम मुकाम (कामु) प्रमुख कार्यकारी अधिकृतको रुपमा मनोज न्यौपाने छन् । उनै न्यौपानेको कार्य कौशलताले नै बैंकले वित्तीय सूचकमा छलाङ मारेको वित्तीय विवरणबाट प्रष्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.