११ वाणिज्य बैंकको ईपीएस बढ्दा सिद्धार्थ आक्रामक, प्रतिसेयर नेटवर्थमा एभरेष्ट अगाडि (सूचीसहित)

  २०७८ माघ ७ गते १४:१६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ११ वटा वाणिज्य वाणिज्य बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेको छ । २३ वटा बैंकहरुले सार्वजनिक गरेका चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ११ वटा बैंकको ईपीएस बढेको हो । र, बाँकी १२ वटाको सेयर आम्दानी घटेको छ ।

सेयर आम्दानी बढाएका बैंकमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको रहेको छ । पुस मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी ४१.४३ रुपैयाँ छ । जुन गत वर्षको तुलनामा ५.७ रुपैयाँले बढी हो ।

त्यस्तै, सेयर आम्दानी बढाउन सिद्धार्थ बैंक बढी आक्रामक देखिएको छ । बैंकले सेयर आम्दानी वृद्धिदर अन्य बैंकको तुलनामा बढी छ । गत वर्ष १४.७१ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी चालु आवको पुस मसान्तसम्ममा बढेर २५.१२ रुपैयाँ पुगेको छ । जुन १०.४१ रुपैयाँले बढी हो ।

सिद्धार्थ पछि सिभिल बैंक सेयर आम्दानी वृद्धि गर्नेमा आक्रामक देखिएको छ । बैंकको उक्त आम्दानी गत वर्षको तुलनामा ६.८३ रुपैयाँले बढेको छ । २०७७ पुस मसान्तमा ४.८३ रुपैयाँ मात्रै रहेको बैंकको प्रति सेयर आम्दानी २०७८ पुसमा ११.६६ रुपैयाँ पुगेको छ । तर, वृद्धिदरमा आक्रमक देखिएपनि समग्रमा उक्त आम्दानी अन्य बैंकको तुलनामा भने कम हो ।

नबिल र एनआईसी एसियालाई पछार्दैै नाफामा पनि ‘नम्बर वान’ बन्यो ग्लोबल आईएमई, ५ बैंकको नाफा घट्यो

समीक्षा अवधिमा १२ वटा बैंकको प्रतिसेयर आम्दानी घटेको छ । जसमा राष्ट्रिय वाणिज्य, नबिल, प्रभु, सानिमा, प्राइम, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट, सिटिजन्स, नेपाल बङ्गलादेश, लक्ष्मी, बैंक अफ काठमाण्डू र कुमारी बैंक रहेका छन् । जसमध्ये प्रभु बैंकको सबैभन्दा बढी घटेको छ । बैंकको सेयर आम्दानी गत वर्षको तुलनामा ६.९१ रुपैयाँले घटेर १९.८६ रुपैयाँ कायम भएको छ ।

यता प्रतिसेयर नेटवर्थमा भने एभरेष्ट बैंक अग्रस्थानमा रहेको छ । बैंकले पुस मसान्तसम्ममा २२१.११ रुपैयाँ प्रतिसेयर नेटवर्थ आर्जन गरेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ बढी हुनेको दोश्रो स्थानमा कृषि विकास बैंक रहेको छ । जसको प्रतिसेयर २०५.४० रुपैयाँ नेटवर्थ छ ।

त्यस्तै, बाँकी बैंकहरुको नेटवर्थ भने २०० रुपैयाँभन्दा तल छ । र, सेञ्चुरी बैंकको सबैभन्दा कम अर्थात १२१.१९ रुपैयाँ प्रतिसेयर नेटवर्थ छ ।

कसको कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.