महालक्ष्मी विकास बैंक ३१.५५ प्रतिशत नाफामा, सबै सूचक सकरात्मक

  २०७८ माघ ७ गते १३:१७     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंक चालू आर्थिक वर्षको पहिलो ६ महिना (दोस्रो त्रैमासमा) नाफामा वृद्धि गरेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा बैंकले चालु आवको ६ महिनामा ३१.५५ प्रतिशतले नाफामा वृद्धि गरेको हाे ।

चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा बैंकले ४५ करोड ६२ लाख खुद नाफा कमाउन सफल भएको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब १ करोड तथा कर्जा ४० अर्ब पुगेको छ । यस आर्थिक वर्ष बैंकले सञ्चालन आम्दानी तर्फ १ अर्ब १० करोड आम्दानी गरी बैंक अर्बको क्लबमा उक्लिएको छ ।

त्यसैगरी बैंकले गत आर्थिक वर्षको पौष मसान्तसम्मको खुद सञ्चालन मुनाफालाई ४१ प्रतिशतले वृद्धि गरी खुद सञ्चालन मुनाफा ६८ करोड आर्जन गरेको छ । समिक्षा अवधिमा बैंकले उल्लेख्य रुपमा खराब कर्जा घटाई गत वर्षको ४.७९ प्रतिशतको खराब कर्जालाई २.८९ प्रतिशतमा झार्न सफल भएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गर्न सफल बैंकले समग्र वित्तीय विवरणमा उल्लेख्य प्रगति गर्दै आगामी वर्ष पनि आकर्षक लांभाश दिनतर्फ उन्मुख रहेको देखिन्छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा सञ्जाल रहेको बैंकले ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.