बैंक तथा बीमाको कार्यालयमा सेवा लिन जाँदै हुनुहुन्छ ? खोप कार्ड लिन भुलिएला नी !

  २०७८ माघ ७ गते १२:२२     विकासन्युज

काठमाडौं । सककारले आज (पुस ७ गते) बाट सार्वजनिक सेवा लिँदा खोप अनिवार्य गरेको छ । सरकारले सार्वजनिक निकायमा सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेसँगै अब बैंक तथा वित्तीय संस्थामा सेवा लिन जाँदा पनि खोप कार्ड अनिवार्य चाहिने भएको छ ।

अहिले अधिकांश बैंकहरुले आफ्ना ग्राहकहरुलाई सेवाको खोप कार्ड अनिवार्य भएको जानकारी दिइरहेका छन् ।

खोप कार्ड नभएकाहरुले सार्वजनिक निकायमा सेवा प्राप्त गर्न सक्ने छैनन् । तर, कार्ड नभएका र मोबाइलमा फोटो भएकाहरुले पनि सेवा पाउनेछन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले कोभिड विरुद्धको खोप कार्ड भएकालाई मात्र सेवा दिने बताइसकेकाे छ । बैंकले अति आवश्यक परेर बैंकमा जाने ग्राहकलाई पनि खोप कार्ड बिना प्रवेश गर्न नदिने जनाएकाे हाे ।

बैंकले माघ ७ गते एक सूचना जारी गर्दै आवश्यक परेर बैंकको कुनै पनि शाखा वा कार्यालयमा जाने ग्राहकलाई अनिवार्य खोप कार्ड ल्याउन आग्रह गरेको हो । साथै, सो ग्राहकको खोप कार्डको फोटो मोबाइलमा भए पनि प्रवेश गराउने बैंकले जानकारी गराएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आजबाट सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । आजबाट भौतिक रुपमा उपस्थित भई गर्नु पर्ने कार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५ जना मात्र सहभागी हुने व्यवस्था पनि छ ।
कोरोना भाइरसकै कारणले अहिले अधिकांश बैंकहरुले आफ्ना शाखाहरु पनि बन्द गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.