द ब्रिटिश प्रोफेसनल कलेजकी रियाले गरिन् वर्ल्ड टप

  २०७८ माघ ७ गते १२:३४     विकासन्युज

काठमाडौं । द ब्रिटिश प्रोफेशनल कलेजको एसोसयिसन अफ चार्टण्ट सर्टफिाइड एकाउन्टेन्टमा अध्यनरत रिया मानन्धर वर्ल्ड टपर बनेकी छन् । १९ वर्षीय रिया मानन्धर ९८ प्रतिशत ल्याई वर्ल्ड टपर बनेकी हुन् ।

उनले ट्याकसेसन पेपरमा वर्ल्ड टप गरेकी हुन् । विश्वभरका लाखौं विद्यार्थीलाई पछि पार्दै उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याउन सफल भएकी हुन् ।

मानन्धर कलेजको दोस्रो वर्ल्ड टपर रहेको एसिसिए प्रोग्राम म्यानेजर दिपेन्द्र के श्रेष्ठले बताए । कलेज र अन्य विद्यार्थीको लागी यो गर्वको कुरा रहेको उनी बताउँछन् ।

एसिसिए कार्यक्रम विश्वकै सबैभन्दा ठुलो र सबैभन्दा छिटो बढरिहेको अन्तराष्ट्रिय लेखा निकाय हो । विश्वका १७९ देशमा यस विषय अन्तर्गत याे वर्ष ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार सदस्यहरु रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.