एभरेष्ट बैंकको प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ बढी, यस्तो छ ६ महिने विवरण

  २०७८ माघ ७ गते १२:०६     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ८३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले सो मात्राको नाफा आर्जन गरेको हो ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा घटी हो । बैंकले आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा ९६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

नाफा घटेको बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवको पुस मसान्तमा २१.६३ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी चालु आवको पुस मसान्तसम्ममा घटेर १७.८० रुपैयाँमा सीमित छ । त्यस्तै, २१८.९३ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ २२१.११ रुपैयाँ पुगेको छ । जुन ग्लोबल आईएमई र नबिल बैंकको तुलनामा बढी हो ।  यो अवधिमा ग्लोबल आईएमई बैंकको १४४.९७ रुपैयाँ र नबिलको १८४.२८ रुपैयाँ प्रतिसेयर नेटवर्थ छ ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४६ करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको जगेडा कोषको आकार घटेर ८ अर्ब ३० करोड रुपैयाँमा खुम्चिएको छ । जुन अघिल्लो आवको पुस मसान्तसम्ममा ९ अर्ब १४ करोड रुपैयाँ थियो ।

त्यस्तै, बैंकको निक्षेप बढेर १ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी पनि बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा पनि सामान्य बढेको छ । ०.१९ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा बढेर ०.२६ प्रतिशत पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.