इन्भेष्टमेन्ट बैंकले भन्यो- कार्ड नभएकालाई सेवा दिँदैनौं

  २०७८ माघ ७ गते ११:४२     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले कोभिड विरुद्धको खोप कार्ड भएकालाई मात्र सेवा दिने भएकोे छ । बैंकले अति आवश्यक परेर बैंकमा जाने ग्राहकलाई पनि खोप कार्ड बिना प्रवेश गर्न नदिने भएको हो ।

बैंकले माघ ७ गते एक सूचना जारी गर्दै आवश्यक परेर बैंकको कुनै पनि शाखा वा कार्यालयमा जाने ग्राहकलाई अनिवार्य खोप कार्ड ल्याउन आग्रह गरेको हो । साथै, सो ग्राहकको खोप कार्डको फोटो मोबाइलमा भए पनि प्रवेश गराउने बैंकले जानकारी गराएको छ ।

नेपाल सरकारले सबै सार्वजनिक निकायमा सेवा लिन खोपकार्ड अनिवार्य गराएसँगै बैंकले पनि उक्त निर्णय गरेको हो । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन उक्त निर्णय गरेको हो ।

साथै, बैंकले इबैंकिङ्, मोबाइल बैंकिङ, थैली तथा अन्य डिजिटल बैंकिङ् प्रयोग गर्न सबै ग्राहकलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.