नबिल बैंकले कमायो २ अर्ब बढी नाफा, ईपीएस घट्यो, एनपीएल बढ्यो

  २०७८ माघ ७ गते ११:०४     विकासन्युज

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले सो मात्राको नाफा आर्जन गरेको हो ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८ प्रतिशत अर्थात १७ करोड रुपैयाँले बढी हो । बैंकले आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा २ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

नाफा बढेको बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो आवको सोही अवधिमा २९.९९ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी चालु आवको पुस मसान्तसम्ममा ६.४० रुपैयाँले घटेर २३.५९ रुपैयाँ कायम भएको छ । त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १८४.२८ रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा पनि बढेको छ । ०.६ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा (एनपीएल) बढेर १.११ प्रतिशत पुगेको छ ।

हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको जगेडा कोषको आकार पनि २२.११ प्रतिशतले घटेको छ । यो अवधिमा बैंकको जगेडा कोषमा १५ अर्ब ५८ करोड रुपैयाँ छ । जुन अघिल्लो आवको पुस मसान्तसम्ममा २० अर्ब बढी रुपैयाँ सञ्चित थियो ।

त्यस्तै, निक्षेप संकलन र कर्जा परिचालन भने क्रमशः ४.०६ र ८.६८ प्रतिशतले बढेको छ । बैंकले पुस मसान्तसम्ममा २ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.