सिभिल बैंकको नाफा १४८ प्रतिशतले बृद्धि

  २०७८ माघ ७ गते १०:३९     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले चालू आर्थिक बर्षको पहिलो ६ महिना (दोस्रो त्रैमासमा) नाफामा बृद्धि गरेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा बैंकले चालु आवको ६ महिनामा डेढ सय प्रतिशतले नाफामा बृद्धि गरेको छ ।

बैंकले सार्वजनिक गरेको ६ महिनाको तथ्यांक अनुसार १४८.४२ प्रतिशतले नाफा वृद्धि गरि खुद मुनाफा २० करोड २८ लाखबाट ५० करोड ४० लाख पुगेको छ । बैंकले गत आर्थिक बर्षको तुलनामा खुद मुनाफा ३० करोड १२ लाख रुपैयाँले बढाउँन सफल भएको हो ।

यस्तै, यस आर्थिक बर्षको दोस्रो त्रैमासमा सिभिल बैंकसँग वितरण योग्य मुनाफा ६९ करोड ७९ लाख रुपैयाँ रहेको छ । बैंकको निक्षेप गत आर्थिक बर्षको तुलनमा ३.४६ प्रतिशतले बढेर ९१ अर्ब ६९ करोड र कर्जा लगानी ५.५५ प्रतिशतले बढेर अर्ब ४२ करोड पुगेको छ ।

बैंकको चुक्तापुंजी ८ अर्ब ६४ करोड रहेको छ भने रिजर्भ तथा सरप्लस २४ प्रतिशतले बढेर २ अर्ब ५४ करोड पुगेको छ । बैंकले व्यवसाय बिस्तार गरी आक्रामक रुपमा संचालन मुनाफा तथा खुद मुनाफा वृद्धि गरे खराब कर्जा अनुपात भने एकल अंक मुनि ल्याउन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.