एनआईसी एशिया बैंकको नाफा २ अर्ब ४० करोड

  २०७८ माघ ७ गते १०:२८     विकासन्युज

काठमाडौं । एन आई सी एशिया बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (४० अर्ब) ले वृद्धि गरी २७३.४६ अर्ब पुर्याएको  छ। साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (२२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन २९९.३४ अर्ब पुर्याउन बैंक सफल भएको छ ।

बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ २.४० अर्ब आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व-पुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । साथै, बैंकले वार्षिक प्रति शेयर आम्दानी ४१.४३ आर्जन गर्न बैंक सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

कोभिड-१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रयमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको जनाईएको छ ।

बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रयमाससम्ममा ५ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाख भन्दा बढी खाताहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.