नेशनल माइक्रोफाइनान्सकाे ४५ प्रतिशत लाभांश पारित

  २०७८ माघ ६ गते १९:०३     विकासन्युज

काठमाडाैं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ४५ प्रतिशत लाभांश पारित गरेकाे छ । माघ ६ गते सम्पन्न संस्थाको ८ औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको हो ।

यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ४० प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद लाभांश पाउने छन् । बाेनश सेयर पश्चात कम्पनीको चुक्ता पूंजी ५८ करोड ६७ लाख पुगेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट सभाध्यक्ष रविन सिजापतिले प्रस्तुत गरेकाे आ.व.२०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै सभाले संस्थाको हालको अधिकृत पुँजी ५० करोडबाट बृद्धि गरी ७० करोड पुर्याउने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

यस लघुवित्तले आठौं बर्षमा आइपुग्दा, हाल देशका ७ वटा प्रदेशहरुका ६४ वटा जिल्लाहरुमा रहेका १०० वटा शाखा कार्यालयहरु मार्फत करीव १ लाख ४३ हजार भन्दा बढी ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाले हालसम्म १० अर्ब ५३ करोड कर्जा लगानी गरी २ अर्ब ८३ करोड बरावर ग्राहक सदस्यहरुबाट बचत संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.