कामना सेवा विकास बैंकको उद्यमशीलता विकास बारे तालिम सम्पन्न

  २०७८ माघ ६ गते १८:२४     विकासन्युज

काठमाडाैं । कामना सेवा विकास बैंककाे इन्टरप्रेनरसिप डेभलेपमेन्ट प्रोग्राम कार्यक्रम सम्पन्न भएकाे छ । अन्तरप्रेरणासँगको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको लागि बैंकले उक्त कार्यक्रम गरेकाे थियाे ।

माघ २ देखि ६ गते सम्म जुमको माध्यमबाट सञ्चालन भएको उक्त कार्यक्रममा १६ जना विभिन्न क्षेत्रका उद्यमी र उद्यमी बन्न इच्छुकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले उद्यम सञ्चालनको प्रकृयासँगै आधारभूत कानुनी तथा कर सम्बन्धी जानकारीहरु प्राप्त गर्नुका साथै समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवर्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न आधारभूत कुराहरुको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र सीप समेत प्राप्त गरेका छन् ।

कार्यक्रममा बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त कार्यक्रमले उद्यमीहरुलाई प्रोत्साहन गर्ने र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नवीन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता, रोजगारी सिर्जना र अन्य विभिन्न लाभहरु प्रदान गर्ने बताएका थिए ।

यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सहभागीहरुलाई सफल उद्यमको लागि चाहिने पुँजी व्यवस्थापनको लागि लगानी तथा कर्जाको माध्यमबाट बैंकले पूर्ण रुपमा सहयोग गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.