बैंक अफ काठमाण्डूका ग्राहकलाई मेडिप्लस अस्पतालमा १० प्रतिशतसम्म छुट

  २०७८ माघ ६ गते १४:३६     विकासन्युज

काठमाडाैं । बैंक अफ काठमाण्डूका ग्राहकले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंक र अस्पतालबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हाे ।

बैंकका ग्राहकहरुले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्की जिल्लाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डूले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.