डिश होम फाइबरनेटद्वारा डिलर दाइहरु सम्मानित

  २०७८ माघ ६ गते ११:३७     विकासन्युज

काठमाडाैं । डिश होमले आफ्ना डिलर दाइहरुलाई सम्मान गरेको छ । कम्पनीले गण्डकी क्षेत्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरेकाे हाे ।

कम्पनीले गण्डकीमा डिश होम, डिश होम फाइबरनेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने पोखराका दिप इलेक्ट्रोनिक्स, ओम लामिछाने सप्लायर्स, स्याङजाका रन्जना फेन्सी, लुद्रमान थापा, गोरखाका सरिना इलेक्ट्रोनिक्स, अकला राइस मिल, भट्ट इलेक्ट्रोनिक्स, जनसेवा इलेक्ट्रोनिक्सलाई सम्मान गर्दै उपहारस्वरुप एक/एक थान ल्यापटप प्रदान गरेकाे छ ।

कार्यक्रममा गोर्खा, लमजुङ ,स्याङजा, तनहुँ र कास्कीका डिस्ट्रिब्युटर, डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।  

यस्तै डिशहोम फाइबरनेटले ग्राहकको आवश्यकता अनुरुप आकर्षक र सहुलियत मूल्यमा  विभिन्न प्याकेजहरु ल्याएको जानकारी दिएकाे छ । कम्पनीकाे अनुसार हाल डिश होम प्रयोग गरिरहेका ग्राहकलाई १०एमबीपीएस निशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.